१३ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। नयाँ विनिमयदरअनुसार, अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा तय गरिएको छ। 

त्यसैगरी, युरोपियन युरोको खरिददर १५५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ। युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४४ पैसा रहेको छ। स्विस फ्र्याङ्कको खरिददर १६४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ४० पैसा तोकिएको छ। 

नेपाल राष्ट्र बैङ्कले हरेक दिन विदेशी मुद्राको विनिमयदर निर्धारण गर्दै आएको छ, जसले आयात-निर्यात लगायतका वित्तीय कारोबारमा सहजता पुर्‍याउने विश्वास गरिएको छ।